थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या १३४ पुगेको छ ।

कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन् ।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

सप्तरीमा एक जना थपिँदा संक्रमितको संख्या १२१ जना पुगेकामा अब यो संख्या बढेर १३४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close