कोरोना कहर : भारतमा मंगलवार झण्डै आधा लाख संक्रमित थपिए, बढ्न थाले मृतक

कोरोना भाइरसको कारण अहिले सारा विश्व ग्रस्त बनेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ६३ हजार ४६५ जनाको मृत्यु भएको छ भने १ करोड ६८ लाख ९३ हजार २९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ४ लाख ५६ हजार ३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ४९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३४ हजार २२४ जनाको मृत्यु भएको छ भने १५ लाख ३२ हजार १३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९ लाख ८८ हजार ७७० जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ९ हजार १४१ जना कोरोनाको स्वास्थ्योपचार गराईरहेका छन् ।

त्यहाँ ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भरतमा मंगलवार मात्रै ४९ हजार ६३२ जना संक्रमित थपिएका छन् भने ७७६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close