वातावरण सहकारीको अध्यक्षमा आचार्य

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर ८, सुर्खेतको अध्यक्षमा पुनः चन्द्रलाल आचार्य चयन भएका छन् । संस्थाको १९औं वार्षिक साधारणसभाबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा प्रेमप्रसाद चालिसे, सचिवमा राधाकुमारी ढकाल र कोषाध्यक्षमा ताराकेशर पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा चित्रा वली, खगिकुमारी वास्तोला, हिरा बुढा मगर, डिले वली, काँशीमाया राना, प्रमिला खत्री वि.सी. र यामकुमारी हमाल रहेका छन् । लेखा समिति संयोजकमा हेमलाल पन्त तथा सदस्यमा हरिमाया पुलामी र तिलक खनाललाई चयन गरिएको छ ।

सहकारी ऐन तथा नियमावली अनुसार विभिन्न सात वटा एकाई बैठकपश्चात् संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए । साधारण सभामा बोल्दै संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले कर्णाली प्रदेशका विकट जिल्लाका विपन्न परिवारसँग लघुवित्त कार्यक्रमको माध्यमबाट हातेमालो गर्दै उनीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको साथै जीवनस्तरमाथि उठाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सभाले संस्थाका सचिव राधाकुमारी ढकालले प्रस्तुत गरेको चालु आ.व. २०७८/०७९ को ६ अर्ब ४५ करोड १० लाख ५१ हजार बराबरको संशोधित र आ.व. २०७९/०८० को सात अर्ब ३७ करोड ८५ लाख चार हजार बराबरको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ । सोही अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा प्राथमिक एवम् उच्च शिक्षा छात्रवृत्ति लगायतका पुरस्कार तथा सम्मानहरू पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close