सुर्खेत होराइजन एकेडेमीले शिक्षक, कर्मचारी र विद्यार्थीको कोरोना बिमा गरायो

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको चर्चित विद्यालय सुर्खेत होराइजन एकेडेमीले आफ्ना शिक्षक कर्मचारी र विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै कोरोना बिमा गराएको छ ।

कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै विद्यालयले कर्णाली प्रदेशमैं पहिलो पटक शिक्षक कर्मचारी र विद्यार्थी समेतको कोरोना बिमा गराएको हो ।

विद्यालयका ४० जना शिक्षक कर्मचारी र ३४ जना कक्षा १० का विद्यार्थीहरुको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा एकमुष्ठ कोरोना बिमा गराइएको प्रिन्सिपल घनश्याम खड्काले जानकारी दिए । अरु विद्यालयका लागि पनि सिकाई होस् र होराइजनका शिक्षक कर्मचारी र विद्यार्थीको स्वास्थ्यप्रति विद्यालयको कर्तव्य निर्वाह होस् भनेर बिमा गरिएको प्रिन्सिपल खड्काले बताए ।

उनका अनुसार अहिले कक्षा १० का विद्यार्थीलाई स्वास्थ्य प्रोटोकल अपनाइ सामाजिक दुरी अनुसार पठन पाठनमा सहभागि हुन आव्हन गरिएकाले तत्कालै बिमा गराइएको र बाँकी कक्षा ११, १२, ९ लगायत अन्य कक्षाका विद्यार्थीको पनि बिमा गराइदिने निर्णय भएको छ ।

प्रत्यक शिक्षक विद्यार्थीको रु ६०० (६ सय) को दरले कोरोना बिमा गराइएको प्रिन्सिपल खड्काले बताए । अध्यन अध्यापनका क्रममा कोरोना संक्रमण नहोस् भन्ने सचेतना र सुरक्षा अपनाउँदा अपनाउँदै पनि संक्रमण भए बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख रुपैयाँ बिमा रकम दिनेछ ।
विद्यालयले कोरोना महामारीका बेला स्वास्थ्यलाई ख्याल गर्दै बिमा गराइदिएकोमा शिक्षक कर्मचारीहरु खुशी भएको उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close