
रुपन्देही, १२ साउन । रूपन्देहीको बुटवलस्थित तिनाउ नदीको बाढी आज (सोमबार) विहानै खतराको तहमा पुगेको छ ।
नदीमा बाढीको सतह खतराको तहतिर जान थालेपछि आपसासका बासिन्दालाई बाढी पूर्वानुमान महाशाखाले ‘अलर्ट’ जारी गरेको छ ।
आज बिहानै महाशाखाले सूचना जारी गर्दै महाशाखाले भनेको छ ः तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्छ, बिहान १० बजेसम्म सतर्क रहौं ।’