ज्योतिषशास्त्र अनुसार यौन रोग र हस्तमैथुन गर्ने बानी कसरी, किन हुन्छ ? जान्नुस्

डा. सुनील शर्मा

जसै कुनै वर-कन्याको विवाहको बारेमा कुरा चल्दछ त यिनीहरू दुवैको मनमा स्वाभाविक रूपले नै उत्सुकता जाग्दछ कि जीवनसाथी कस्तो होला, उसको रङ, रूप, शारीरिक गठन, स्वभाव, विद्या धन-वैभव इत्यादि कस्तो होला  ?
यी सबै जिज्ञासाका बारेमा त प्रायः वर-कन्याका मातापिताले नै जिम्मेवारीपूर्वक भूमिका निभाएका हुन्छन् । अतः यी साधारण प्रश्न नै हुन् ।
तर स्मरण रहोस्, शारीरिक गठन (जसमा गुप्ताङ्ग पनि सम्मिलित छ) मा अङ्गको ठूलो-सानो, पुष्ट-अपुष्ट हुनु इत्यादि पनि ज्योतिषको विषय हो । तर विवेकको दृष्टिबाट गुप्ताङ्गसम्बन्धी अनुसन्धानभन्दा पनि जनमानस तथा नौजवानको मनको खुल्दुली तथा प्राकृतिक उपहारमा आँच पुर्‍याउने गुप्ताङ्गरोग र अप्राकृतिक यौन क्रिया (हस्तमैथुन) सम्बन्धी भन्न सकिन्छ ।
यौन रोग: कुण्डलीमा छैठौँ भावलाई रोगसम्बन्धी आधार मानेर विचार गरिन्छ । परन्तु यौन रोगको बारेमा विचार गर्दा सातौँ तथा आठौँ भावको पनि अध्ययन गर्नु आवश्यक हुन आउँछ, किनकि सप्तम भाव, बस्तीस्थान  (नाभीदेखि मूलसम्म) तथा आठौँ भावलाई गुप्तेन्द्रीयको स्थान मानिन्छ । अतः स्पष्टै छ कि यी दुवै स्थान कामभोगसँग सम्बन्धित छन् ।
यौन विज्ञानमा चन्द्रमाले मनलाई उत्तेजित पार्दछ, मङ्गल वीर्य तथा शक्ति प्रदान गर्दछ, बुध, क्रीडामा स्नायु मण्डलको माध्यमबाट सन्तुष्टि दिलाउँछ र शुक्र सम्भोग गर्दछ । यसरी सफल यौन जीवनमा चन्द्रमा मङ्गल, बुध तथा शुक्रको शुभ स्थिति हुन जरुरत हुन आउँछ । साथै सप्तम तथा अष्टम भाव शनि तथा राहुको प्रभावबाट मुक्त हुनु झन् नितान्त जरुरी छ ।
यसमा पनि स्त्री कुण्डलीमा सप्तम भाव एवं पुरुष कुण्डलीमा अष्टम भावको मुख्य भूमिका रहन्छ । यदि यी भावमा कुनै पापग्रह तथा कुनै पापग्रहको दृष्टि भएमा यौन रोग हुने प्रबल सम्भावना रहन्छ । प्रस्तुत छ, केही यौन रोगसम्बन्धी
ग्रहस्थितिको विवरण: १) तुला तथा वृश्चिक लग्न कुण्डलीमा सप्तम भावमा शनि बसेमा यौन रोग हुन जान्छ । २) सप्तम भावमा मङ्गल, शनिबाट दृष्ट भएमा गुप्ताङ्गसम्बन्धी रोग हुन्छ । ३) सप्तम भावमै शनि पनि मङ्गलबाट दृष्ट भएमा मानिस गुप्ताङ्गरोगी हुन्छ । ४) यदि सप्तम भावमा बुध एवं शनि दुवै भएमा पनि नपुंसकता मिल्नेछ । ५) सिंह एवं कन्या लग्नमा अष्टम भाव तथा अष्टमेशमाथि पापग्रह र शनिको दृष्टि भएमा गुप्ताङ्गरोग हुन्छ । ६) चन्द्रमा निचो भएमा पनि मानसिक यौन रोगी बनाउँदछ ।
हस्तमैथुन हस्तमैथुन एक अप्राकृतिक यौन प्रक्रिया हो । यसले शारीरिक र मानसिक विकार उत्पन्न गर्ने हुनाले यससम्बन्धी पनि ज्योतिषीय आधारमा विभिन्न प्रमाणहरू पाइएको  छ ।
हस्तमैथुन गर्नेहरूको प्रायः  सूर्य, चन्द्र र शुक्र कमजोर या पाप क्रान्त हुनुका साथै पञ्चम, सप्तम र नवम भाव पनि भ्रष्ट भएको पाइएको छ । सूर्य आत्मा, चन्द्रमा मन र कामवासनाबोधक, शुक्र पाप क्रान्त हुनासाथ हस्तमैथुनतिर लिप्त भएको देखिन आएको छ ।
साथै गोचर भ्रमणमा पनि पापग्रह पञ्चम, सप्तम र नवम भावमा परेको अवस्थामा हस्तमैथुनतर्फझुकेको पाइएको छ भने पञ्चम र सप्तम भावपापक्रान्त भइरहे पनि नवम भाव शुभ भएमा, त्यस शुभग्रहको अवधिमा हस्तैमथुन त्यागेको पनि पाइएको छ ।
प्रस्तुत छ, केही हस्तमैथुन सम्बन्धी ग्रहस्थितिको विवरण:- १) ५/७/९ भाव पापाक्रान्त भएमा आत्महीन भएर हस्तमैथुनतर्फलिप्त भएको पाइएको छ । २) पुरुष कुण्डलीमा शुक्र अष्टम भावमा मङ्गल या शनिबाट दृष्ट भएमा जातकमा वीर्यसम्बन्धी रोग हुनुका साथै हस्तमैथुन गर्ने बानी हुन्छ । ३) शुक्र एवं मङ्गल दुवै अष्टम भाव र शनिबाट दृष्ट भएमा वीर्यसम्बन्धी रोग र हस्तमैथुनको आदत रहन्छ । ४) शुक्र, शनि, या शुक्र, राहु अष्टम भावमा मङ्गलबाट दृष्ट हुनाले वीर्य रोग या हस्तमैथुनको आदत बसेको हुन्छ । ५) अष्टम, भावमा पापग्रह बसेको पापग्रहबाटै दृष्ट भएमा गुप्ताङ्ग रोग हुनुका साथै हस्तमैथुनको बानी बसेको हुन्छ ।
(डा. सुनील ज्योतिषी हुनुहुन्छ, यहाँको यो लेख उहाँको ब्लगबाट साभार गरिएको हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close