संघका निर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ ग्रहण

सुर्खेत । बैशाख ४ गते भएको सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । निर्वाचन समितिले उनीहरुलाई बुधबार संघको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएको हो ।
निर्वाचन समितिका निर्वाचन अधिकृत उत्तमप्रसाद आचार्यले संघका नवनिर्वाचित अध्यक्ष लक्ष्मण कँडेललाई सपथ खुवाउनु भएको थियो । अध्यक्ष कँडेलले भने बाँकी पदाधिकारी र सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो । सपथ ग्रहण कार्यक्रमपछि निवर्तमान अध्यक्ष धनबहादुर रावतले माइन्यूट हस्तान्तरण गर्नु भएको छ । साथै, अध्यक्ष कँडलले पदभार ग्रहण समेत गर्नु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, पूर्व उपाध्यक्ष जगतबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close