एकाएक रणमैदान बनेको वीरन्द्रनगर कर्फ्यूले सुनसान,

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा सोमबार साँझबाट कर्फ्यू जारी छ । एमसीसी पारितको विरोधमा सोमबार आह्वान भएको बन्दका क्रममा एमालेको पार्टी कार्यालय र प्रहरी बिटमा आगजनी भयो । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा तोडफोड भएपछि वीरेन्द्रनगरमा कर्फ्यूको स्थिति पैदा भएको हो ।

शान्त वीरेन्द्रनगर कसरी एकाएक रणभूमि बन्यो एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आव्हान गरेका थिए । नेपाल बन्दको आयोजना गर्ने विप्लवको (नेपाल कम्युनिष्ट पार्टी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादीं) राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टीसहितले गरेका थिए ।
कार्यकर्ता बिहानै ६ बजे नै बजार बन्द गराउँदै हिडेका थिए । बन्दका कारणले बजार, स्कुल, सवारीसाधन चल्न सकेनन् । दिउँसो १२ बजेसम्म सुर्खेत बजार शान्त नै थियो ।

मुख्य बजारका चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति थियो । दिउँसो १२ बजेसम्म शान्त रहेको बजार क्षेत्र एकाएक रणमैदान परीणत भयो ।
दिनभर आन्दोलनकारी र प्रहरीबीच ठाउँ९ठाउँमा झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्याँस समते प्रहार गरेको थियो ।
आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close