लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो ।

विश्‍व स्वास्थ्य संगठनले नेपाल अति उच्चजोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेकै दिन उच्चस्तरीय समन्वय समितिको बैठकले क्षेत्र विशेषमा लकडाउन खुकुलो तथा थप कडाइ गर्ने निर्णयमा पुगेको हो ।

लकडाउनको अवधि १ देखि २ सातासम्म बढाउन मन्त्रिपिरषद्लाई सिफारिस गरेको समितिले अबको लकडाउन ३ रणनीतिबाट अघि बढाउने तयारी गरेको छ ।

कोरोना संक्रमित देखिएर सबै निको भएको र लकडाउनपछि पनि भारतबाट नेपाल आएका जिल्ला, कोरोना संक्रमित नदेखिएका जिल्ला र कोरोना संक्रमित देखिएको जिल्ला विभाजन गरी लकडाउनको नीति तय गरिने जनाइएको छ ।

अबको लकडाउन मोडालिटी तय गर्न शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यदलसमेत खडा गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा गठन गरिएको कार्यदलले मोडालिटी तय गर्ने बताइएको छ । कार्यदलमा गृह सचिव, पर्यटन, अर्थ सचिवलगायत विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख सदस्य रहको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close