गुर्भाकाटका नागरिकलाई सम्पर्कमा आउन आह्वान

सुर्खेतको गुर्भाकोट नगरपालिकाले लकडाउनले घर बाहिर अलपत्र आफ्ना नागरिकलाइ सम्पर्कमा आउन आह्वान गरेको छ । एक महिना लामो लकडाउनका कारण कामको शिलशिलामा जिल्ला बाहिर गएका नागरिकको उद्धारमा नगरपालिका लागेको बताउदै सम्पर्कमा आउन आह्वान गरेको छ ।


‘कामका शिलशिलामा वाहिर गइ अलपत्र परेका नागरिकलाई उद्धार गर्ने योजना बनाएका छौं ।’ मेयर हस्त पुनले भने ‘लकडाउनले धेरै नागरिकले सास्ती वेहोरोको अवस्थामा गुर्भाकोटवासीको समस्यामा साथ दिन सार्वजनिक रुपमै आह्वान गरेका छौं ।’
कोरोना भाइरसको महामारी बढेसँगै देशभर पालिकाहरुले आफ्ना नागरिकलाई गरिरहेका छन् । गुर्भाकोट नगरपालिले समेत कामका लागि बारिएका सवै नागरिकको समस्यालाई सहयोग गर्ने बताएको छ ।
हालसम्म आफ्नो गाउँ फर्किएका स्थानीयलाई वडाका विभिन्न क्वारेन्टाइनमा राखेको मेयर पुनले बताए । गुर्भाकोटको गुमीमा ५७ जना, मेहेलकुनामा ४० जना, वडाखोलीमा ४३ जना, वोटेचौरमा १७ जना, सहारेमा १४ जना र काल्चेमा ७ जना गरी १ सय ७८ जना क्वारेन्टाइमा रहेका छन् ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close