
केपालसगढी गाउँपालिका १ फेदी बस्ने ५६ वर्षीय जबरधन राईको छिमेकीले चिर्पट प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने २७ वर्षीय राकेश राईले सामान्य विवादको क्रममा जबरधनलाई चिर्पट प्रहार गर्दा मृत्यु भएको हो ।
हाल फरार राकेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।