स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश

काठमाडौं । स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश बनेको एक तथ्यांकले देखाएको छ ।

विश्वका १ सय ३२ वटा देशहरुमा गरिएको सर्वेक्षणअनुसार नर्वे दोस्रो नम्बरमा छ भने आइसल्यान्ड तेस्रोमा रहेको छ ।

सर्वेक्षणमा उपभोग्य वस्तु, कपडा र ट्याक्सी शुल्कलाई मानक बनाइएको थियो ।

डेनमार्क, लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापूर र दक्षिण कोरिया पनि विश्वका महंगा देशहरुमा परेका छन् ।

अमेरिका २० औँ स्थानमा छ भने बेलायत २७ औँ स्थानमा रहेको छ ।

सोधकर्ताहरुले कुनै पनि देशमा बस्ने खर्च अन्तर्गत भाडादर, लुगा, ट्याक्सी शुल्क, इन्टरनेट, घरेलु उपभोग्य वस्तु, यातायात  र खाद्य वस्तुको मुल्यका आधारमा अध्ययन गरेका हुन् ।

इकोनोमिक इन्डेक्सका अनुसार घर भाडादरको हिसाबले नेपाल सस्तो पाँचभित्र परेको छ ।

१३२ वटा देशहरुमा पाकिस्तान बस्नका लागि सबैभन्दा सस्तो मुलुक बनेको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close