इरफान खानकी श्रीमतीले लेखिन् ‘इमोशनल नोट’

काठमाडौं । बलिउडका चर्चित अभिनेता इरफान खानको निधन २९ अप्रिलमा भएको थियो ।

उनको निधनको साथै बलिउडको एक युग समाप्त भएको कतिपयले मान्ने गरेका छन् । उनी देशमा मात्र होइन, विदेशी सिनेमामा समेत छाईसकेका थिए ।

उनको मृत्यु भएको भन्ने बारेमा आज पनि कतिपयले विश्वास गर्दैनन् । उनका फ्यान्स मात्र होइन उनकी श्रीमती र थिएटर आर्टिस्ट सुतापा पनि उनलाई मिस गरिरहेकी छन् ।

उनले इरफानलाई डेटिकेट गर्दै एक इमोशनल पोस्ट शेयर गरेकी छन् । सुतापाले इरफानले खिचेको एक तस्वीर शेयर गरेकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गर्दै उनले क्याप्शनमा लेखेकी छन्, ‘जब म पछाडि फर्केर हेर्छु, जिन्दगी ब्ल्याक एण्ड ह्वाईट देख्छु,तिमीलाई पछाडी उभिरहेको देख्छु,जब तिम्रो घाँटीमा निकोनको क्यामेरा हुन्थ्यो र तिमी आफ्नो लेन्सको सहाराले हेरिरहेका हुन्थ्यौ, इरफान म तिमीलाई मिस गरिरहेकी छु पार्टनर, आखिर कति मील यरसी हिँड्नुपर्ने हो, आखिर कति सडक यसरी एक्लै हिँड्नुपर्ने हो ?’ उनले इरफानको मृत्यु पछि भिडियो तथा फोटोहरु शेयर गर्दै आईरहेकी छन् ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close