सामाजसेवी कठायत द्धारा कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग

सुर्खेत, युवा समाजसेवी एवं व्यावसायी दिल बहादुर कठायतले कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन् ।

कर्णाली प्रदेशका लागि सहयोग पठाएका ४० थान अक्सिजन कन्सनट्रेटर मध्य कर्णाली प्रदेश अस्पताललाई ५ लिटरको १५ थान अक्सिजन कन्सनट्रेटर आइतवार समाजसेवी दिल बहादुर कठायतका भाइ केशव मार्फत कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्कालाई हस्तान्तरण गरिएको छ ।

‘कोरोना महामारीको बेला देखि कर्णाली प्रदेश अस्पताललाई ठुलो मन भएका मनकारीहरुले सहयोग गर्दै आइरहेका छन्, ‘निर्देशक डाक्टर खड्काले भने, ‘कठायत जी को सहयोग पनि प्रदेश अस्पतालको लागि अतुलनिय रहने छ । उहाँलाई अस्पतालको तर्फबाट धन्यवाद सुनाइदिनु होला,।’ कालिकोट जिल्ला शान्नी त्रिवेणी गाउँपालिका १ लुसाका स्थायी बासिन्दा समाजसेवी कठायतले कालिकोट जिल्ला अस्पताललाई १० थान जिल्लाकै शान्नि त्रिवेणी गाउँपालिकालाई ५ थान, रास्कोट नगरपालिकालाई ५ थान, र पचालझरना गाउँपालिकालाई ५ थान र सुदुरपश्चिम प्रदेशको लम्की चुवा नगरपालिकालाई १० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन् ।

कालिकोटको लागि पठाएको अक्सिजन कन्सनट्रेटर स्थानीय तहहरुसँगको समन्वय र जिल्ला अस्पताल कालिकोटको समन्वयमा जिल्लामा पठाउन लागिएको कठायतका भाइ केशवले जानकारी दिए । अबको केहि दिनमा सम्बन्धित स्थानीय तह र जिल्ला अस्पताल कालिकोटमा पनि अक्सिजन कन्सनट्रेटर पुगि सक्ने उनले बताए । समाजसेवी दिल बहादुर कठायतले कर्णालीका बाढि पिडित अग्नी पिडित र विपन्न परिवार र उपचारको अभावमा रहेका नागरिकहरुको लागि सहयोग गर्दै आइरहेका छन् । हाल समाजेवी कठायत व्यापारको सिलशिलामा चाइना गुन्जाओमा बस्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close