
नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्दै सुर्खेत उद्योग वाणिज्य संघले आफ्नो स्मारिका र क्यालेण्डर विमोचन गरेको छ । संघा अध्यक्ष लक्षमण कडेलको अध्यक्षतामा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। सोही अवसरमा संघको वार्षिक स्मारिका तथा नयाँ वर्षको क्यालेण्डर पनि विमोचन गरिएको छ।
उद्योग बाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले सवै उद्योग व्यवसायीलाई नयाँ बर्षको शुभकामना दिदै व्यावसायीको हक हितका लागि संघ प्रतिवद्ध रहेको बताउनु भयो । यस्तै कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश वस्नेत, महासचिव भद्र भण्डारीको उपस्थिति रहेको थियो ।
अध्यक्ष कडेलले सबैलाई नयाँ वर्ष २०८२ को शुभकामना दिँदै संघले विगत वर्षमा पुर्याएका कार्यहरूको समीक्षा गर्दै आउँदो वर्षका योजना र लक्ष्यहरूबारे प्रकाश पारे। उनले स्मारिका र क्यालेण्डर विमोचनलाई संघको गतिविधि अभिलेखीकरणको महत्त्वपूर्ण कदम भएको बताएका छन् ।






