आफ्नो प्रेमिकालाई भेट्न जादा रुख बादेर पिटे

एजेन्सी । एक महिला भेट्नको लागि उनको घरमा पसेको एक युवकलाई परिवारहरुले रुखमा बाँधेर पिटेका छन् । यतिमात्र नभएर महिललाई पनि शारीरिक यातना दिएको खुलासा भएको छ ।

पुरुष र महिलालाई पिटेको यो भिडियो सामाजिक सञ्जाला भाइरल भएको छ । युवालाई मरणासन्न हुनेगरी पिटेपटि परिवारले प्रहरीलाई खबर गरेको छ । महिलाको परिवारको उजुरीमा प्रहरीले उजुरी दर्ता गर्दै युवकलाई पक्राउ गरेको छ । यो घटना भारतको मध्यप्रदेशस्थित सिलोली गाउँको हो ।

भिँड जिल्लाको गोरमी क्षेत्रमा पर्ने सिलोली गाउँमा भएको यो घटनाको भिडियो कसैले खिचेर सामाजिक सञ्जालमा हालिदिएको थियो । प्रहरीले अहिले जितु गुर्जर नामक उक्त युवकलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको जनाएको छ । शनिबार जितु गाउँकै प्रल्हाद कुशवाहको घरमा पसेका थिए ।

जितु घरमा पसेको खबर थाहा पाएका घरका परिवारले उनलाई समाते । उनलाई घरमा पस्नुको कारणबारे सोधियो, त्यहाँ उनले एक महिलालाई भेट्न आएको बताए । त्यसपछि घरपरिवारले जितुलाई पिट्न शुरु गरेका थिए । त्यहाँ जितुको मात्र होइन प्रल्हादको घरमा बस्ने उक्त महिलाको पनि पिटाई भएको छ । प्रहरीले जितुविरुद्ध घरमा पसेर धमकी दिएको आरोपमा मुद्दा चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close