जलपरी गौरिकाको नयाँ कीर्तिमान चार वटा स्वर्णपदक जित्दै

काठमाडौं । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीबाज गौरिका सिंहले नयाँ कीर्तिमान बनाएकी छन् । उनले एउटै सागमा चारवटा गोल्डमेडल जित्दै कीर्तिमान बनाएकी हुन् ।

सोमबार भएको १०० मिटर फ्रीस्टाइलमा पौडीबाज गौरिका सिंहले व्यक्तिगत चौथो स्वर्ण हात पारेकी हुन् । सातबाटोस्थित हिटिङ स्वीमिङ पुलमा ९८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उनले स्वर्ण जितेकी हुन् । उनले भारतकी पौडीबाजलाई पछि पारेकी हुन् ।

उनले यसअघि आइतबार ४ सय सय मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । त्ष्यस्तै त्यसअघि पनि उनले पौडीमै दुई स्वर्ण जितेकी थिइन् ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

यो सँगै नेपालको स्वर्णपदकको संख्या ४७ पुगेको छ । नेपालले १३ औँ संस्करणको साग ५० स्वर्ण जित्ने लक्ष्य राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close