
बाँकेको कोहलपुरमा ट्रकले ठक्करले एक बालिका घाइते भए पछि कोहलपुरमा तनाव बढेको छ । घट्ना पछि प्रदर्शनकारीले जताभावी ढुंगामुढा प्रहार गर्दा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द घाइते भएकी थिइन् । घट्ना पछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरे पछि स्थिति तनावग्रहस्थ भएको हो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले फाइरिङ समेत गरेको छ । गोली लागेर एक विद्यार्थीसमेत घाइते भएको बताइएको छ । विद्यार्थीको नाम खुलेको छैन् । उनको पनि कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।