
काठमाडौं जिल्लामा मात्रै हालसम्म १ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका ११० जना सहित काठमाडौंमा मात्र कोरोना संक्रमितहरुको संख्या हजार नाघेको छ ।
लकडाउन खुकुलो भएलगत्तै उपत्यका भित्रिनेहरुको बढ्नु,सार्वजनिक यातायातको संचालन लगायतका कारणले संक्रमितको संख्या तिब्र रुपमा बृद्धि भईरहेको छ । उपत्यकभर १ हजार ३ सय ७ जनामा कोरोना संक्रमण फैलिएको छ ।