तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन

काठमाडाैं, १४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो । सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो । तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन्।

राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ। त्यसमाथि सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन्। वर्षौं कठोर परि श्रम गर्छन्। सबैको सपना पूरा हुँदैन। तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन।

सागमा नेपालले पदकको आशा गरेका खेलाडी हुन्, तुलसा। अघिल्लो महिना चीनको उहानमा आयोजित सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। सुर्खेत घर भएकी तुलसाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन्।

यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय थियो। एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङका अनुसार तुलसा पूजा गर्न मन्दिर जान्छु भन्दै बिहान ५ः३० बजे होटलबाट बाहिरिएकी थिइन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close