आजदेखि सोह्र श्राद्ध अर्थात पितृपक्ष । के गर्न हुने र के गर्न नहुने

चन्द्रमान (अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए

प्रस्तुतिः धर्मराज आचार्य

पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन जमरे औंसीसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। श्रद्धा पूर्वक गरिने कर्म नै श्राद्ध हो।विशेषतस् पितृ सम्बन्धि श्रद्धा प्रकट गरिने पक्ष भएकोले यो पितृ पक्ष हो।श्राद्धमा सबै भन्दा चाहिने कुरा नै श्रद्धा हो।कर्ताको मनमा श्रद्धा र ब्राह्मणको वचनमा शुद्धता भए पछि श्राद्ध पूर्ण हुन्छ।
श्राद्ध गर्नु भनेको आफ्नै मुहान पवित्र पार्नु हो,आफ्ना जन्मदाता प्रति कृतज्ञता ज्ञापन गर्नु पनि हो,आफ्नो अस्तित्व र अस्मिता प्रति सजग रहनु पनि हो र ईश्वरको अस्तित्वलाई स्वीकार र सृष्टिको अस्तित्वलाई आत्मसात गर्नु पनि हो। हिन्दु धर्मको मुख्य संस्कृति भित्र प्राचीनकालदेखि चलिआएका कार्यहरूमा देवकार्य,पितृकार्य र सदाचार जस्ता कार्यहरू हुन्।धर्म शास्त्र अनुसार कर्महरू नित्य,नैमित्तिक र काम्य गरि तीन प्रकारका छन्। पितृ श्राद्धको बिषय नैमित्तिक कर्म भित्र पर्छ।
खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो। कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ। यी प्रमुख तिथिहरू यस प्रकार छन ।
प्रमुख तिथिहरू
आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध ( यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार पञ्चमी पनि भन्दछन्।
आश्वीन कृष्णपक्ष नवमी श्राद्ध ( यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन्। यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।
आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध ( यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ।
आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध ( यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै( दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि।
आश्वीन कृष्णपक्ष अमावस्या ( कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ। आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा ( यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ। यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख(समृद्धिको प्राप्ति पनि हुन्छ। पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्। साथै ज्वाइँ, भानिज, नाति नातिना र ब्राहृमण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन्। हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ। यो लोकपरम्परा हो
नेपाली कम्मल,छोरीको छोरा (भाञ्जार भाञ्जी),तिल शुद्ध पन्चगव्य (लक्ष्मी गाईको दूध,दही,घिउ, आदि) जस्तै श्राद्धमा अत्यावश्यक कुरा हो शुद्ध ब्राह्मण। बरू अलि कम पढेकै भए पनि आचरणशील ब्राह्मणलाई भोजन गराउनु पर्ने निर्देशनले आचरणलाई बढि महत्व दिएको प्रष्ट हुन्छ श्राद्धमा। यी सबै बार्नु वर्तमानमा असंभव छ। संभव नभए श्राद्धमा आफ्नो भाञ्जा भन्दा ठूलो ब्राह्मण अरू कोही छैन।अझ उसैमा सँस्कृत पढेको वा कम से कम श्राद्ध गराउन सके त सुनमा सुगन्ध। यसको साथै कस्तो कर्ताको घरमा मात्र श्राद्ध गराउने र भोजन गर्ने भन्ने पनि नियम छन् तर युगले हावा खाएकोले यहाँ उल्लेख गरिन मैले।तर यथासंभव श्राद्ध पक्षभरि पवित्र रहनु,हरिभजनमय दिनचर्या निर्वाह गर्नु,ब्रह्मचर्यमा रहनु,आफ्नो घरमा मात्र शुद्ध भोजन गर्नु आदि सामान्य नियम त हामी सबैको निम्ति सजिलै ग्राह्य छन् नै। आफ्नो मृत तिथिको दिन आउँदा पितृहरू परेवाको दुई दिने वचेरा समान भई विकलावस्थामा रहेका हुन्छन् त्यसैले तिल मिश्रित सुशितल स्वच्छ जल र आफ्नी धर्मपत्नीका हातले बनाएको पायसको पिण्ड बनाई नाम गोत्र प्रमाणित गरी अर्पण गर्नाले आयु,सन्तान,धन,विद्या,स्वर्ग,मोक्ष,सुख र राज्य समेत मिल्ने कुरा श्राद्ध पद्धतिमा वर्णन छ।देवताले दिएको पितृले हर्छन् तर पितृ दाहिना भए देवताहरू र ग्रहहरू रुष्ट भएर केही गर्न नसक्ने शास्त्रीय प्रमाण छ।हाम्रो समाजमा पितृपूजाको विशेष महत्व छ।सबै जाति र वर्गले आआफ्नै किसिमले पितृपूजा गरेको देख्न पाइन्छ।वैदिक विधि पनि छ, तान्त्रिक पनि छ,आफ्नै किसिमको प्राकृतिक विधि पनि छ।जीवन भरि मासु,मदिरा नछुने व्रतधारी हामी ब्राह्मणले पनि अझै कट्टर बनेर एकछाकीर एकभक्तिबसी पिण्ड दिने परम्परा छ ।

कसले कुन दिन श्राद्ध गर्ने
पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ । सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । त्यसैले यसलाई ऐच्छिक रूपमा जुन तिथिका दिन सहज पर्छ, त्यसै दिन श्राद्ध गर्न सकिने श्राद्ध भन्दा अत्युक्ति हुँदैन । तर सामान्यतया व्यक्तिले स्वत्व खोज्ने प्रवृत्ति भएकाले आफ्ना मृतपितृको तिथि समाती श्राद्ध गर्ने परिपाटी प्रचलनमा छ । तर स्वेच्छाले तिथि रोज्नुको अर्थ यस पटक एउटा र अर्को पटक अर्को तिथि रोज्नु हुँदैन । सुरुमा जुन तिथि समात्यो जुठो, सूतक वा छोइछिटोले बाधा नपारे त्यही तिथिमा वर्षैपिच्छे श्राद्ध गर्नुपर्छ । आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता ९बाबु०, पितामह ९बाजे० वा प्रपितामह ९बराजु० मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।
अब केही श्राद्पक्षीय नियमहरू पनि केलाउँ पितृपक्षमा गर्नै पर्ने र नगर्ने कामहरू
पितृपक्ष सूर्य दक्षिणायन भएको वेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् । भनिन्छ, त्यसैले पनि पितृहरू आफू दिवङ्गत भएको तिथिका दिन आफ्ना सन्तति (छोरा, नाति, पनातिहरूबाट आफ्नो उद्धारको आकाङ्क्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन। तर यसरी श्राद्ध गर्दा केही नियमहरूको पालना गर्नु पर्दछ ।
१.श्राद्धमा समय,सामान,कर्ता,भाव र ब्राह्मण शुद्ध हुनुपर्दछ।
२.श्राद्धमाकर्ता अघिल्लो दिनबाटै एकभक्त रहनुपर्दछ।
३ं.श्राद्धको अन्न खाने कसैले पनि श्राद्ध भन्दा पहिले र पछि पनि खाना खानु हुँदैन।खुसीले एक पल््ट भर पेट श्रद्धापूर्वक नै भोजन गर्नु पर्दछ।
४.श्राद्धको दिनमा श्राद्ध गर्ने र गराउने दुबैले आफ्नो नित्य पूजा बाहेक अन्य यज्ञादि गर्न र गराउन हुँदैन।
५.ब्राह्मणले पनि एक ठाउँ भन्दा अन्यत्र श्राद्ध वा अन्य कर्महरू गर्नु हुदैन भन्ने मान्यता छ।
६.श्राद्धकाल – पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्ने गर्नु पर्दछ । तर एकोद्दिष्ट श्राद्ध ९मरेको वार्षिक तिथिका दिन गरिने० श्राद्धमा दिनको दोस्रो पहरलाई लिने गरिन्छ । एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिकश्राद्ध प्रातःकालमा गर्ने विधान छ ।
७. श्राद्ध गर्ने ठाउँ –प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामथ्र्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन । त्यस्तै कुनै कामना विशेषले गरिने श्राद्ध तोकिएको ठाउँमा गर्नु पर्दछ । कूर्मपुराणमा पुत्रले पितृमुक्तिको कामनाका साथमा विभिन्न तीर्थस्थलमा गई श्राद्ध गर्नु वाञ्छनीय छ भनी उल्लेख गरेको छ।
८. श्राद्ध गर्नाले पितृदोषको शान्ति जसको जन्मकुण्डलीमा सूर्य र राहु वा केतु ग्रहको युतिसम्बन्ध छ, त्यस्तो कुण्डली भएको व्यक्तिलाई पितृदोष रहेको छ भन्ने गरिन्छ । यसबाहेक नीच सूर्य, शनिबाधित सूर्य वा शनिको घरमा रहेको सूर्य हुँदा पनि पितृदोष नै ठहर्याउने गरिन्छ । यसरी पितृदोष हुँदा टाउको वा दिमागी बिमारी, निर्णय क्षमतामा कमी, धन नटिक्ने, उन्नतिप्रगतिमा रोकावट आदि विभिन्न बाधा ब्यहोर्नु पर्ने हुन्छ । पितृपक्षमा श्राद्धकर्मद्वारा पूर्वजहरूलाई दिवङ्गत भएको तिथिअनुसार पिण्डदान, तर्पण आदि गर्नाले पितृदोषबाट मुक्ति पाइन्छ ।
९. पितृको दिशा दक्षिण तैत्तिरीय संहितामा बताइएअनुसार सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो, अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दाहिने काँधमा जनै भिरेर ९अपसव्य भई दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।
१०.श्राद्धका सात चीज कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो ९दौहित्र०, कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलयकालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सीधै विष्णुलोक पुग्दछन भन्ने मान्यता छ ।
११ .श्राद्धका भाँडाकुँडा श्राद्धमा प्लास्टिक, स्टील र फलामका भाँडाकुँडाको प्रयोग गर्नु हुँदैन । त्यस्तै केराको पात पनि चलाउनु हुँदैन । कर्ताको सामथ्र्यअनुसार श्राद्धमा सुन, चाँदी, काँसा वा तामाका पात्र अथवा सालको पातले बनेका दुना टपरीको प्रयोग गर्न सकिन्छ ।
१२.माङ्गलिक कार्य र किनमेल निषेध श्राद्धपक्षका पन्ध्र दिन नीयमीत गर्नै पुजा आराधना रोकीन्न तर संख घन्ट बजायन चाही मिल्दैन ।कुरो छिन्ने, विवाहरव्रतबन्ध गर्ने, गृहप्रवेश गर्ने आदि कर्म निषेधित मान्ने गरिन्छ । श्राद्ध पक्षमा दीर्घ उपयोगका लागि धनलगानी गर्नु पनि अशुभ मानिन्छ । जस्तै मोटरवाहन, सुन, चाँदी, जग्गाजमिन आदिको खरिद गर्नु हुँदैन । सामान्यतया नयाँ व्यापार, व्यवसाय र उद्योगधन्दा वा कलकारखानाको सुरु पनि यस अवधिमा गर्ने गरिंदैन । त्यस्तै लामो दूरीको यात्रा पनि यस समयमा गर्नु हुँदैन । तर श्राद्धाधिकार नभएका पुरूषका लागि बाबुआमा र स्त्रीका लागि सासुससुरा ज्युँदै भएकाव्यक्तिले किनमेल र यात्रा जस्ता विषय बारिरहनु पर्दैन ।
१३. श्राद्धको खानपान र काम सोह्रश्राद्धमात्र होइन, अन्य एकोद्दिष्टादि सामान्य श्राद्धमा पनि श्राद्धभन्दा एकदिन अगावै नङ, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नु पर्दछ । श्राद्धको एक दिनअगाडिको दिनलाई एकछाकी भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरुको प्रयोग गर्नु हुँदैन । त्यस्तै हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि निषेध गरिएको छ । एकछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । उक्त दुबै दिन शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।
१४. श्राद्धमा पिण्डदान श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने पार्वण श्राद्धमा पिण्डदान गर्न हुँदैन ।
१५. श्राद्धका दिन पितृकर्म प्रमुख पितृश्राद्धका दिन पिण्डदानको कार्य पूर्ण नहुन्जेलसम्म हवनादि कार्य, भिक्षादान, देवपूजा, ब्रह्मचारी, तपस्वी र अभ्यागतहरूको आतिथ्यादि कुनै पनि काम गर्नु हुँदैन । श्राद्धका दिन पितृकर्म नै मुख्य र विशेष काम हो, त्यसैले पहिलो प्राथमिकता पितृकर्मलाई दिनु उपयुक्त हुन्छ, त्यसैले त्यस दिन पिण्डदानअघि अन्य समस्त कर्म प्राथमिकताका क्रममा राख्नु हुँदैन ।
१६. श्राद्धमा ककसलाई डाक्ने वा नडाक्ने यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जाभान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन ।
१७. श्राद्धमा चढाउने फूलपाती श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । यसमा तुलसी, भृ्ङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि पुष्पहरू ग्राह्य मानिन्छन् भने केत्तकी, करवीर, वकुल, कुन्दक र रातो रङका अन्य फूलहरू प्रयोग गर्नु हुँदैन ।
१८. पितृप्रसाद वितरण श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध गरिएको पाइन्छ । सोह्र श्राद्ध र अन्य श्राद्धको समयमा माथिका नियमलाई पालना नगरेमा मृतपितृहरू रिसाउने र सन्ततिका घरमा अशुभ र अशान्तिले वास गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । तर विधिवत नियम र निष्ठाका साथमा पितृकर्म गरेमा तिनको सदाशय र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ । भनिएको पनि छ आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः
१९.श्राद्धमा गर्नै नहुने काम पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन गर्नु । महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सस्र्यौं र चनाको प्रयोग निषिद्ध छ । पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।
२०.श्राद्धमा प्रयुक्त पवित्र मन्त्र यी हुन ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् । ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ । ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।
२१.श्राद्धका तीन प्रशंसनीय कुरा बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने । श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद छ ।
२२. अन्य जातजातीको तरीका हामी मासु मदीराको नाम मात्र पनीलीनु हुन्न भन्छौ भने त्यही मासु मदिरा नै आफ्ना पितृलाई चढाएर धुनधान पितृपूजा गर्ने सनातनी हिन्दूहरू पनि यही समाजमा छौं।जस्तै नेवारी परम्परामा दुबै चलन छन्।केही माझी वर्गका हिन्दूले नदिको तीरमा केराको पातमा भात र माछा चढाएको पनि देखियो।त्यस्तै गुरुङ,तामाङ,घले,शेरचन आदि हरूको पितृपूजाको विधि पनि छुट्टा छुट्टै देखिन्छन्।सबै चलन हाम्रै मान्नु पर्छ।कुलाचार,देशाचार र लोकाचार आआफ्ना हुन्।सनातन धर्मका खम्बा पनि यिनै हुन्।पितृको नाममा सुनपंखी भन्दै कुखुरा जंगलमा छाड्ने देखि लिएर कुखुराले छोएको पानी खानु पर्ला भनेर बाटोमा थुक पनि ननिली यात्रा गर्नेहरू हामी सबै हिन्दू हौं।सबैका आआफ्ना चलन छन्। तर आफ्ना पितृलाई कैवल्य पदको अधिकारी बनाई सनातन पितृलोकमा प्राप्ति गराइकन जन्म र मरणको चक्करबाट मुक्ती गरी आफ्नो पनि परलोकको मार्ग चौडा गराउन वेदोक्त श्राद्ध पद्धती नै स्वीकार्य छ।अरू प्रकारका पूजाहरू राजस र तामस हुन् भने प्रेतपूजा वा वायुपूजाकै अपभ्रंश परम्परा पनि हुन सक्छन् तर श्राद्ध पद्धति सात्विक,वेद प्रणिहित र पुराणादि शास्त्र सिद्ध पनि छ। जसको यो लोक सँग कुनै सम्बन्ध छैन।वैदिक काल गणनानुसार असौज शुक्ल पक्ष दुर्गापक्षभन्दा पहिलाको कृष्णपक्ष नै पितृपक्ष हो।नेपाली भूमि शैवरशाक्त उपासनाप्रधान भूमि भएकोले यो पक्ष भरि पितृ प्रसन्न पारेर बडादशैंमा माता भवानीको पूजा गर्ने र सब भन्दा ठूलो पर्व बडा दशैं मान्ने चलन ऐतिहासिक काल देखि अद्यावधिक छँदै छ। श्राद्ध गर्ने समुदायमा यस पटक कोरोनाका कारण श्राद्ध गर्न असह्ज हुन सक्छ।निर्णयसिन्धुमा नै कर्महरु गर्दा देश, काल र परिस्थिति अनुसार देशाचार र कुलाचारलाई ध्यानमा राखेर कर्म गर्न उत्तम हुन्छ भनिएको छ। आफन्त र वन्धुवान्धवलाई रोग संक्रमणको खतरामा पारेर गरिएको श्राद्ध कर्मबाट पितृहरु खुसी हुँदैनन्। पितृ खुसी नभए पितृबाट आशिर्वाद प्राप्त हुँदैन। उल्टै कुलमा संकट आइलाग्न सक्छ। संस्कारको अर्थ र मर्म बुझौँ, स्वस्थ रहौँ र सबैलाई मंगल र आरोग्यको कामना गरौँ।

(प्रस्तुतीः धर्मराज आचार्य,  सन्दर्भ सामग्री पितामह हरीहर आचार्य, पिता जि सुरज प्रसाद आचार्य, गूरु सविन शिवाकोटी ,विभिन्न बीधुतिय संचार तथा धार्मीक पुस्तक हरु।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close