गठबन्धन नगर्ने भन्दै सुर्खेतमा काँग्रेसका वडा सभापतिसहितले दिए राजिनामा

सुर्खेत । स्थानीय तहको निर्वाचनमा केन्द्रमा सत्ता साझेदार दलविच चुनावी तालमेल गर्ने निर्णयप्रति सुर्खेतमा विग्रह शुरु भएको छ । चुनावमा गर्ने गठबन्धनको तालमेलप्रति आपत्ती जनाउँदै सुर्खेतमा काँग्रेसका ५१ जनाले सामुहिक राजिनामा दिएको घोषणा गरेका हुन् ।
सुर्खेतको लेकवेशी नगरपालिका(५ नेटामा नेपाली काँग्रेसका ५१ जना क्रियाशिल सदस्यहरुले संयुक्त राजीनामा दिएका छन् । राजिनामा दिनेहरुमा काँग्रेसका वडा सभापति होमबहादुर चपाइँसहितको कार्यसमिति रहेको छ ।
शनिवार सम्पन्न वडा कार्यसमितिको बैठकले सामुहिक राजिनामा दिने निर्णय गरेको छ । प्राप्त हस्ताक्षर माइन्युटमा नेपाली काँग्रेस वडा कार्यसमितिका पदाधिकारीहरुले राजीनामा दिने र क्रियाशील सदस्यता खारेज गरिपाउँ भन्दै निर्णय नै गरेको छन् ।
बैठकले काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित वडा कार्यसमितिले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने पार्टीको माथिल्लो तहबाट भएको सर्कुलर मान्य नहुने उल्लेख छ । बैठकमा आफूहरुले राखेको माग सम्बोधन नभएको खण्डमा पाार्टीको कुनैपनि जिम्मेवारीमा नरहने समेत उल्लेख छ ।

लेकवेशी नगरपालिका(५ मा नेपाली काँग्रेस एक्लै चुनावमा लड्न सक्षम रहेको भन्दै यथार्थ वस्तुस्थिती नुबुझि नेकपा माओवादीसँग तालमेल गर्ने केन्द्रको निणर्य मान्य नहुने नेपाली काँग्रेस लेकवेशी नगरपालिका ५ का वडा सभापति चपाइँले बताउनु भयो ।
उहाँले आसन्न निर्वाचनमा माओवादीसँग कुनैपनि हालतमा तालमेल गरेर चुनावमा जान नसकिने बैठकले निणर्य गरेको बताउनु भयो। पार्टीले समयमै वडा समितिका मागहरु सम्बोन्धन नगरे आसन्न स्थानीय तहको निर्वाचनमा वागी उम्मेद्वार घोषणा गरेर निर्वाचनमा होमिने चपाइँले चेतवानी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close