शेयर बजार सामान्य बढ्याे

हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, लगानी, उत्पादन र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, धौलागिरि लघुवित्त, पिपुल्स पावर लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ ।

आज ७४ लाख ५९ हजार कित्ता शेयर दुई अर्ब ८८ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको २३ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close