नाइट क्लब पुगका चार खेलाडी निलम्बन

काठमाडौं । नाइट क्लबमा पुगेका चार फुटबलरलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले निलम्बन गर्ने निर्णय गरेको छ । फुटबल खेलाडी बिमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिन साथै अञ्जन विष्ट र सन्तोष तामाङलाई भने ४५ दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

यससँगै फुटबल खेलाडी बिमल घर्ती मगर र दिनेश राजवंशीले शनिबार बाट सुरू हुने ए डिभिजन लिग गुमाउने छन् । अञ्जन विष्ट र सन्तोष तामाङले भने लिगका केही खेल खेल्न सक्नेछन् । विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन उनिहरु नाइट क्लबमा पुगेका थिए । त्यही कारण उनीहरुलाई टिमबाट हटाइएको हो । चारै जनाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) समेत गुमाएका थिए ।

ए डिभिजन लिग सुरु हुनु अघिल्लो दिन अनुशासन समितिले निलम्बनको निर्णय गरेको छ । उनीहरुको निलम्बन शुक्रबार अर्थात डिसेम्बर १३ गतेदेखि लागू हुनेछ । सबैलाई एन्फाले जनही ५० हजार रुपैयाँ पनि जरिवाना गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close