प्रतिनिधि सभा बैठकः सांसद कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजि गरेका छन्।

मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री संसद बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गरेका हुन्। उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गरे।

उनले गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताए। उनले यतिबेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई संकटबाट मुक्त गर्न सोच्नुपर्ने बताए।

नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मुल कारण प्रधामन्त्रीको कुर्सी मोह भएको बताए। उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरू सबै दोषी भएका बताए।

उनले सत्ता सहयात्री दलहरूले साथ दिदाँदिदैँ पनि समीकरण फेरिरहने नेतृत्व अस्थिरताको मुल कारण भएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close