ब्राइटल्याण्ड इको क्लब गठन

वीरेन्द्रनगर ११, पिपिरा सुर्खेतमा रहेको ब्राइटल्याण्ड सेकेण्डरी स्कुलमा इको क्लब गठन भएको छ । विद्यालय सरसफाई विभाग संयोजक सविता कंडेलको संयोजकत्वमा विद्यालयको वातावरण संरक्षणमा बालबालिकाको सहभगिता बनाउने गरी विद्यार्थी ईश्वर शाहीको अध्यक्षतामा ब्राइटल्याण्ड ईको क्लब गठन भएको हो । जसको उपाध्यक्षमा सोमिया शाही, सचिववमा साधना वि.सी., कोषाध्यक्षमा दिपदर्शन ऐ.डी., सदस्यहरुमा खुशी वि.क., कुशल वली, करुणा खत्री, कायरा रिजाल र ओजस्वी आचार्य रहेका छन् ।

विद्यालय परिसरमा वातावरण संरक्षण, सम्बद्र्धन, हरित विद्यालय निर्माण लगायतका काम गर्ने गरी इको क्लव गठन भएको पिन्सिपल माधव भण्डारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close