ब्राइटल्याण्ड स्कुलका विद्यार्थीद्वारा मुठीदान

सुर्खेत १२, माघ ।
सुर्खेतको वीरेन्द्रनगर ११ पिपिराको ब्राइटल्याण्ड सेकेन्डरी स्कुलका विद्यार्थीले मुठीदान गरेका छन् । वीरेन्द्र्रनगर वडा नं. १२ मा रहेको मानवसेवा आश्रममा पुगेर शुक्रबार विद्यार्थीहरुले मुठीदान गरेका हुन् ।
विद्यार्थीमा दानको भावना जगाउन मुठीदान गराएको विद्यालयका प्रिन्सिपल माधव भण्डारीले बताउनु भयो ।
सहिद सप्ताह एवम स्कुलको खेलकुद सप्ताहको अवसर पारेर स्कूलमा प्ले ग्रुपदेखि कक्षा ११ सम्मका विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आ–आफ्नो गच्छेअनुसार खाद्यन्न, तरकारी लगायत नगद संकलन गरी खाद्यवस्तु दान गरेका हुन् ।
मुठीदान कार्यक्रमका लागि स्कूलबाट हरेक कक्षाका प्रतिनीधि विद्यार्थीहरु माानव सेवा आश्रममा पुगेका थिए । विद्यार्थीहरुले लिएको दानलाई मानव सेवा आश्रम सुर्खेती स्वयमसेवक रक्षा मल्लले बुझ्नु भएको थियो ।
स्कूलका संस्थापक अध्यक्ष बालदिप कंडेलले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले यस बर्ष पहिलो पटक मानव सेवा आश्रममा विद्यार्थीलाई मुठीदान गराएको बताउनु भयो । विद्यार्थीहरुलाई सडक मानवले भोग्नु परेको समस्या बुझ्न र सहयोगी भावना विकास गराउन विद्यालयले हरेक बर्ष यस्ता कार्यक्रम गर्ने अध्यक्ष कंडेलको भनाइ छ ।
दान गर्नुअघि विद्यार्थीले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close