पश्चिम नेपालमा हिमपात, किसानमा छायो खुसी

नेपालमा पश्चिमी वायुसँगै सिर्जना भएका न्यून चापीय प्रणालीका कारण पश्चिम नेपालमा वर्षा र हिमपात भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको हो ।

सुदूरपश्चिमका डडेल्धुरा, दार्चुला, बैतडी, डोटी, अछाम, बाजरा र बझाङका उच्च क्षेत्रमा हिमपात भएको छ भने प्राय सबै क्षेत्रमा हल्का वर्षा भइरहेको छ । यता जुम्लामा पनि बिहानैदेखि हिमपात भएको छ । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिए ।

यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close