टिपरको ठक्करबाट एकजनाको मृत्यु

धादिङको धुनिवेशी नगरपालिका–८, खानीखोलामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा२क ५६३३ नम्बरको टिपरले पैदल हिँडिरहेका धुनिवेशी–६, गैरीगाउँका ६५ वर्षीय रामकृष्ण श्रेष्ठलाई गए राति करिब पौने १ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close