नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा सुरु

नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा आयोजित बैठकमा भारतीय टोलीको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्रा र नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गर्नुृ भएको छ ।
बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ ।
क्वात्रा आज बिहान भारतबाट काठमाडौं आएका हुन् । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बैठकस्थल होटल याक एण्ड एती जानु भएको थियो ।
भारतीय विदेश सचिवले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तोपत्र हस्तान्तरण गर्नेछन् ।
विदेश सचिव क्वात्रा मंगलबार स्वदेश फर्किनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close