सुर्खेतमा जारी महोत्सव स्थगित

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी महोत्सव स्थगित भएको छ ।
शनिबार राती स्टलको सामान चोरी भएको भन्दै आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशले महोत्सव स्थगित भएको जानकारी गराएको हो । औद्योगिक व्यापार, कृषि, नवीनतम, प्रविधि प्रवर्द्धन र पर्यटनलाई लक्षित गर्दै महोत्सव शुक्रबारबाट सुरु भएको थियो ।
माघ २८ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिनमै स्थगित भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेश समितिका महासचिव कुल प्रसाद पाण्डेले अर्को सूचना जारी नभएसम्म महोत्सव स्थगित भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चोरी भएको सामग्रीको विषयमा छलफल गरिने छ । आइतबार चर्चित गायिका मेलिना राई, मोडल करिश्मा ढकाल, हास्य कलाकार पुरुषोत्तम सापकोटा लगायत कलाकारको प्रस्तुति रहने कार्य तालिका थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close