प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सुर्खेत प्रथम

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता खेलमा सुर्खेत जिल्ला प्रथम भएको छ । यस्तै तेक्वान्दो प्रतियोगितामा रुकुम पश्चिम दोस्रो र सल्यानले तेस्रो स्थान हासिल गरेको छ ।

तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष लक्षमण कडेलले तेक्वान्दो खेलका लागि अब कर्णाली प्रदेशमा प्रतियोगिताको आयोजना गर्दै अगाडि लैजानमा प्रदेश सरकार तथा स्थानिय सरकारहरुले यस्ता कार्यक्रको आयोजना गरि खेललाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन । खेल स्वास्थ्य र जीवनका लागि अतिआवश्यक भएको उनको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेप कार्यकारी बोर्ड केन्द्रीय सदस्य नन्दा बस्यालले ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भए जस्तै अव ‘महिलाका लागि खेलकुद’ भन्ने नाराका साथ खेललाई अगाडि बढाउने बताएकी छिन । कर्णालीमा खेल विकासका लागि तेक्वान्दो खेल जरुरी हुनुका साथै प्रदेश स्तरीय मात्र नभएर राष्ट्र तथा अन्तराष्ट्रीय खेलहरु अब प्रदेशमै गरिने पनि बताएकी छिन् ।

तीन दिन सम्म चलेको प्रतियोगितामा कर्णाली प्रदेशका पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम र जुम्लाका ३ सय जना खेलाडी सहभागी भएका थिए । प्रतियोगिता कर्णाली प्रदेश तेक्वान्दो संघ वीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको हो ।

उक्त कार्यक्रममा सहभागि खेलाडीलाई विभिन्न मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका उपाअध्यक्ष प्रमोद हमाल,सुर्खेत जिल्लाका प्रशिक्षक भुवन थापा, जिल्ला खेलकुदका अध्यक्ष चन्द्र कुमार गिरी, पत्रकार माया थापा लगायतको उपस्थिति रहेको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close