![](https://guraskhabar.com/wp-content/uploads/2021/08/Mirmire-microfinance-development-bank-ltd_7_11_2018_10_37_15_8_23_2021_10_12_03-e1629694494319.jpg)
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीले १ लाख ६२ हजार ७८९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । यसको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले सोमबार (भदौ ७ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।