सेयर बजारमा उत्साह, कारोबार रकममा तेजी

सेयर बजारमा उत्साह जारी छ । नेप्से सूचकका साथमा कारोबार रकम पनि वृद्धि भइरहेको छ । सेक्टर परिवर्तन हुँदै बजार बढिरहेको देखिन्छ । सूचीकृत कम्पनीहरुले धमाधम वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन् । औसतमा नाफा वृद्धि भएको विवरणहरु आइरहेका छन् । वित्तीय विवरणपछि लाभांश घोषणा र साधारण सभाको समय आउनेछ ।

यसर्थ, यो सेयर बजारको प्रमुख सिजन पनि हो । बिहीबार यो समाचार तयार पार्दासम्म (करिब १ः१५ बजे) नेप्से सूचक करिब १९ अंकले बढेको छ भने ९ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूहमा बढी तेजी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close