एमाले केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव , चुनावी एजेन्डा बनाउने तयारी

एमाले केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य महेश बस्नेतले राखेको प्रस्तावमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि सकारात्मक छन् ।

विपक्षी गठबन्धनले नेपालको संवैधानिक व्यवस्था कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एंव मूल्यहरुमाथि निरकुंश हमला भइरहेको दाबी गरिरहेको बेला प्रधानमन्त्री ओली निकट नेता बस्नेतले संघीयता र धर्मनिरपेक्षता परिमार्जनको प्रस्ताव अगाडि सारेका हुन् ।

दोस्रो जनआन्दोलनको उपलब्धिका रुपमा संघीयता र धर्मनिरपेक्षतको संवैधानिक व्यवस्था गरिएको थियो । शनिबारको बैठकमा नै बस्नेतले संघीयता र धर्मनिरपेक्षता परिमार्जनसहितका आठवटा प्रमुख विषय छलफलमा लैजानुपर्ने मौखिक प्रस्ताव गरेका थिए ।

आइतबार लिखित प्रस्ताव दर्ता गर्ने उनको तयारी छ । संविधान संशोधन तत्काल सम्भव नभए यी विषयलाई आगामी चुनावी एजेन्डा बनाएर लैजान सकिने बस्नेतको भनाइ छ । आफ्नो प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि सकारात्मक रहेको नेता बस्नेतले बताए । नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close