सहाराको ३ आर्थिक वर्षको एजीएम : अब गरिमासँग विलय हुँदै

 सहारा विकास बैंकले ३ आर्थिक वर्षको वार्षिक साधारण सभा एकै दिन गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४–७५, ७५–७६ र ७६–७७ को एजीएम भदौ १२ गते शनिबार बोलाएको हो । सभामा सहारालाई गरिमा विकास बैंकले एक्वयार गर्ने सम्बन्धमा भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ । यस्तै, डीडीए रिपोर्टका आधारमा कायम भएको १ः१ सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव छ ।
यसर्थ, सहाराको १ कित्ता सेयर हुनेले एक्विजिसनपछि गरिमाको १ कित्ता नै सेयर पाउनेछन् । साथै, एक्विजिसनपछि ‘गरिमा विकास बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पेश हुनेछ । सभामार्फत संस्थापक तथा सर्वसाधारण समूहबाट ३३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।
सहाराले होटल कुसुम एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहीमा बिहान १०ः३० बजे साधारण सभा गर्नेछ । गरिमासँग एक्विजिसनमा जाने सहमति गररेपछि गत जेठ २६ गतेदेखि सहाराको सेयर कारोबार रोक्का रहेको छ । तसर्थ, जेठ २५ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन सक्ने सहाराले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close