कर्णालीले मनायो ः ‘देउडा तथा साउने सक्रान्ति पर्व’

साउन २,सुर्खेत । साँस्कृतिक, ऐतिहासिक र मौलिक महत्व बोकेको दिन ‘देउडा तथा साउने संक्रान्ति पर्व’ अर्थात साउन १ गते कर्णालीमा धुमधामका साथ मनाइएको छ । साँस्कृतिक हिसाबले किो हिजो दन निकै महत्वपूर्ण मानिन्छ ।

कर्णाली प्रदेश सरकारले ‘देउडा तथा साउने संक्रान्ति पर्व’ को दिनलाई विशेष महत्व दिएर हिजो कर्णालीका प्रदेशभर सार्वजनिक विदा दिएको थियो ।
कर्णालीको हुम्ला, मुगु, कालीकोट, डोल्पा, दैलेख र सुर्खेतमा पनि कतै पुरुष–पुरुष त कतै महिला पुरुष दुईतर्फ गोलो आकारमा डौडा लगाएर गीत गाउँदै शारीरिकरुपमा विभिन्न हाउभाउ देखाएर देउडा खेलिन्छ । स्वतःस्फूर्त रुपमा खेलिने देउडा खेलका लागि समय निर्धारण तथा रोकछेक गर्नुपर्ने त्यस्तो कुनै बाध्यकारी नियम भने देउडा खेलमा हुदैन ।

संगीत र नृत्य दुवैको प्रतिनिधित्व देउडाले गर्ने भन्दै यसले समाजको वास्तविकता बोल्ने र इतिहासको जगेर्ना गर्ने बताउनुभयो । अध्यक्ष धितालका अनुसार देउडाले गीत र मनोरञ्जनका माध्यमले बिगत सम्झाउँछ, वर्तमानमा आनन्द दिन्छ र भविश्यको दृष्टिगत गराउँछ ।
त्यसैगरी, आज खीर, पनिर, तरकारी, अचारलगायतका मिठामिठा परिकार खाएर साउने संक्रान्ति मनाउने गरिन्छ । समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृति–विसंगति सकिएर जाओस् भन्दै आज साँझ राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृति र समस्याको कुटिरो (पोका) फालेर साउने सक्रान्ति मनाउने प्रचलन रहेको छ ।
प्रदेश सरकारले साउने संक्रान्ति पर्वका रुपमा सार्वजनिक बिदा लिएपनि देउडा आयोजक भने सन्तुष्ट भएको देखिन्दैनन् । देउडा सस्कृतीलाई जोगाउन कर्णालीका नागरिकले प्रत्र्यक महिनाको १ र १५ गते सुर्खेतको खुल्ला मन्चमा देउडा खेल खेल्दै आएतापनी स्थानिय सरकार तथा प्रदेश सरकारले आर्थिकरुपमा सहयोग नगरेको बताएको छ कला संस्कृती प्रतिष्ठान कर्णाली प्रदेशको भनाई छ ।
साउने संक्रान्ति पर्व देशभर मनाइरहँदा परम्परागतरुपमा मध्य तथा सुदूरपश्चिम खेलिने देउडा भने मध्यपश्चिम नेपालको कर्णाली प्रदेशले विगत तीन वर्षदेखि आजको दिनलाई देउडा पर्वका रुपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close