शाहरुख खानको कम्पनीको सम्पत्ति जफत

लिउड अभिनेता शाहरुख खान संलग्न रहेको कम्पनीको सम्पत्ति जफत गरिएको छ। पोँजी घोटालामा शाहरुखको कम्पनी कोलकत्ता नाइट राइडर्सको संलग्ता देखिएपछि सम्पत्ति जफत गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोलक्तासँगै अन्य दुई कम्पनीको सम्पत्ति पनि जफत गरिएको छ। तीन कम्पनीको ७० करोडभन्दा बढीको सम्पत्ति जफत गरिएको बताइएको छ।

सम्पत्ती सुद्धीकरणअन्तर्गत यी कम्पनीहरुको सम्पत्ति जफत गरिएको बताइएको छ। यी कम्पनीहरुलाई कालो धन जम्मा गरेको आरोप लागेको थियो।

शाहरुखको यो कम्पनी इन्डियन प्रमियर लिगअन्तर्गतको क्रिकेट टिम हो। यसको निर्देशक शाहरुख खान आफैँ छन्। शाहरुखका अलगा उनकी पत्‍नी गौरी खान र जुही चाहलाका पति मेहता पनि यो कम्पनीका भागिदार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close