कोँइच उत्सव २०७६’ भब्यताका साथ सम्पन्न ,अवलोकनकर्ताले जिते स्मार्टफोन

काठमाण्डौ । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको दोस्रो ‘कोँइच उत्सव २०७६’ भब्यताका साथ सम्पन्न भएको छ । शनिवार सुनुवार सेवा समाज भवन बालकुमारी स्थीत विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको हो । राष्ट्रिय सांस्कृतिक पर्व तथा किराँत कोइँच सुनुवारहरुको महान् पर्व श्याँदरको अवसरमा शुभकामना आदान प्रदान सहित कार्यक्रममा विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरियो । विहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा सांस्कृतिक झाँकी, सुनुवार नृत्य, भब्य सांगितीक कार्यक्रममा साँझ सम्म दर्शक झुमेका थिए ।

सुनुवार भेषभुषामा सजिएका युवायुवतीले सुनुवार भाषाका कै गितमा स्वागत नृत्य देखाएसँगै सुरुभएको उत्सवमा दिन भरि नै कलाकारहरुले एकपछि अर्को प्रस्तुती दिई रहेका थिए ।

कार्यक्रमको अन्तीममा आफ्नो प्रस्तुती देखाएको ‘द एक्स ब्याण्ड’को प्रस्तुतीले चिसो मौसमको माहोललाई न्यानो बनाएको थियो । कलाकारहरुको प्रस्तुतीसँगै आम अवलोकनकर्ता पनि सँगसँगै नाच्ने र गाउँने गरिहेका थिए । त्यस्तै कलाकारहरु गायिका पूजा सुनुवार, गायक महेश मुखिया सुनुवार, गायिका कल्पना सुनुवार, गायिका पुष्पा सुनुवारले पनि दर्शकहरुलाई खुबै नचाएका थिए ।

त्यस्तै हिपप आर्टिष्ट कोइँच जि, नृत्यमा बृहशमान सुनुवार, पूजा सुनुवार लगायतका थुप्रै कलाकारहरुको प्रस्तुतीले सबैलाई आनन्दित बनाएको छ ।

उत्सवमा अवलोकनकर्ताहरुलाई गोलाप्रथा मार्फत स्मार्टफोन प्रदान गरिएको छ । अवलोकन प्रवेशका लागी बिक्रि भएका टिकटको अर्धकट्टीलाई गोलाप्रथा गरेर प्रथम टिकट नम्बर ४५५ गोपाल सुनुवार र द्दितिय टिकट नम्बर ३६१  श्याम कुमार सुनुवार र अन्य ४ जना टिकट नम्बर ३६५, १५०५, १५०१ र ८८३ ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

खेलकुद कार्यक्रम समेत समाबेस गरिएको उत्सवमा लिब्ला, बिङ्गो, बाल खेलहरुखेल्दै अवलोकनकर्ताले रमाईलो गरेका थिए । त्यस्तै सुनवार संस्कृती झल्काउँने परिकारहरु समेत राखिएका थिए ।

त्यस्तै उत्सवलाई सफल बनाउँन सहयोगी संघ संस्थाहरुलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

चलचित्रकर्मि समाजले अब छिट्टै नै सुनुवारभाषी फिचर फिल्म बनाउँने तयारी गरिरहदा अवलोकनकर्ताले आफ्नो क्षमता अनुसारको रकम सहयोग गरेको थिए ।

त्यस्तै उत्सवमा होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण, फेस पेन्टिङ, नेपाली मौलिक परिकार, भेषभुषा, पुस्तक तथा विभिन्न सामाग्रीहरुको पनि स्टल समेत राखिएको थियो ।

होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको मुख्य प्रायोजन रहेको उत्सवको सहयोगीमा होलिस्टिक हेल्थ, गोर्खा डेस्टिनि ट्रेनिङ सेन्टर, हिमालयन बिड्स प्रा।लि। किङ गोर्खा ट्रेनिङ सेन्टर, एट नोट म्यूजिक स्कुल रहेका थिए ।

           

     

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close