सुर्खेतमा जीप दुर्घटना हुुदाँ ३ जनाको मृत्युु

सुर्खेतमा बुुधबार विहान भएको जीप दुुर्घटनामा तीन जनाको मृत्युु भएको छ । कर्णाली प्रदेश ०२-००१ ज-०००७ नम्बरको जिप दैलेख(सुर्खेतको सिमानामा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो। सात यात्रु सवार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

मृत्युु हुनेमा चिंगाड गाउँपालिका वडा नं. ६ का ५२ बर्षिया देवबहादुर खड्का, वीरेन्द्रनगर १५ रतुका ४० बर्षिया खड्कबहादुर वि.सी र उनकी धर्मपत्नी गोमा विसीको मृत्युु भएको हो । दुर्घटनामा परी चारजना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर ६ का नरे नेपाली, चिंगाड गाउँपालिका वडा नं. ६ का दुुर्गा गाहा, सोही ठाउँका चन्द्रा कुमारी गाहा, वीरेन्द्रनगर १६ की लक्ष्मी ज्ञवाली रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइ रहेको छ ।

यसैबीच डोल्पाको त्रीपुरा सुन्दरी नगरपालिका ३ नादामा जीप दुुर्घटना हुुदाँ चालक मृत्युु भएको छ । दुनैबाट सुपानी जार्दै गरेको भे १ च २४६४ नम्मरको जीप सडकबाट १ सय मिटर तल भेरी नदिमा झरेको थियो । दुर्घटनामा ठुुलीभेरी नगरपालिका ५ का २१ बर्षिया पञ्चे बुढा मृत्युु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close