मुलुकको अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र आवश्यकः नेता गिरी (भिडियाे सहित)

प्रमुख राजनीतिक दलहरू आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ । कोरोना भाइरसको महामारीमा पनि सरकार र राजनीतिक दलको उपस्थिति नदेखिएको भन्दै आम जनता रुष्ट बनेका बेला काठमाडौंसहित देशका विभिन्न ठाउँमा राजसंस्थाको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन भएको हो ।
करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन । विभिन्न ठाउँमा विभिन्न नामबाट प्रदर्शन हुने गरेको छ । तर प्रदर्शनको नारा र उद्देश्य एउटै छ ।
यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य मुकुन्दश्याम गिरीले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गर्नु भएको छ । विहिबार सुर्खेतमा हुने प्रर्दशनको पूर्व सन्ध्यामा गुराँस खबरले गणतान्त्रिकमुलुकमा राजसंस्थाको माग किन गर्नु भएको हो भनी जिज्ञासा राखेका छौं ।
हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close