हातगोडा वा छेपारीको मासु किन फर्कने हुन्छ ? के कारण ले यस्तो हुन्छ ? जान्नुहाेस !

एजेन्सी । कहिलेकाहीँ यत्तिकै हातगोडा बाउँडिने गर्छ । हातगोडा बाउँडिँदा पीडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ ।

हातगोडा बाउँडिनुका यस्ता छन् कारण :

-शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ ।

-शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ ।

-बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ ।

-शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close