जनशक्तिको अभाब झेल्दै प्रदेश संग्रहालय

कमल कुमार न्यौपाने
पुस १५,सुर्खेत ।
सुर्खेत वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको एकमात्र संग्रहालयमा प्राबिधिक कर्मचारी नँहुदा सामग्री संकलनमा समस्या भएको छ । संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरू र आवश्यक जनशक्तिको अभाव झेल्दै आएको छ । एकातिर उचित प्रचार प्रसार अभाव र अर्का तिर प्रदर्शनयोग्य सामग्री नहुँदा सीमित आन्तरिक पर्यटकले मात्र संग्रहालयको अवलोकन गर्दै आइरहेका छन् ।
भौतिक संरचना, आवश्यक जनशक्ति अभावका बीच पर्यटक तथा अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्न ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू सुर्खेतमा रहेको प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्रदर्शनी गरिएको छ । कर्णालीको कला, संस्कृति र इतिहासलाई प्राथमिकता दिएर संग्रहालयमा कर्णालीको मौलिक पहिचान झल्काउने सामग्री, तस्विर, पोशाक, विभिन्न ऐतिहासिक वस्तुहरूलाई प्राथमिकता दिएर प्रदर्शन कक्षमा राखिएको छ । संग्रहालयमा पुराना तथा लोप भइसकेका भेषभूषा, गरगहना, भाँडाकुडा, पानीघडी, ढिकी लगायतका सामग्री छन । मगर, थारु, राउटे, कुमाल, लामा जातिका समुदायको कला, संस्कृति झल्काउने सामग्री पनि यहाँ प्रदर्शनीमा राखिएको छ । तर अहिले प्राविधिक कर्मचारीको अभावमा कर्णालीको मौलिकता झल्कने सामग्रीहरुको संकलनमा भने समस्या भएको छ । हाल संग्रहालयले कर्मचारीको अभावकै कारण पछिल्ला केहि बर्ष सामग्रीहरुको अनुसन्धान, अध्ययन र संकलन गर्न नसकेको प्राविधिक सहायक सुनिता ढकालले बताउनु भयो ।

संग्रहालयमा प्राविधिक कर्मचारीसँगै प्रदर्शनी कक्षको समेत अभाव रहेको छ । गत आर्थिक बर्षमा प्रदेश सरकारबाट संग्रहालयलाई प्रदेश सरकारको निर्णहरुको अभिलेखालयका रुपमा स्थापना गर्ने गरी नयाँ भवन निर्माणका लागि करिव १ करोडमा ठेक्का सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण यही मंसिरमा निर्माण सम्पन्न गर्नुपर्ने भवन निर्माण प्रक्रियामा रहेको छ । काठमान्डौंको विर्डस प्रा.लि.ले निर्माणको जिम्मा पाएको टेण्डर निर्धारित समयमा सम्पन्न नभएपति प्रदेशको मन्त्रीपरिषद्को निर्णय अनुसार यही चैतसम्म म्यादथप गरिएको छ ।

यता प्रदेश सरकारले प्रदेशकै अभिलेखालयका रुपमा विकास गर्ने निर्णय समेत गरे पनि आवश्यक जनशक्तिको अभाव प्रदेश संग्रहालयले झेली रहेको छ । प्रदेश सरकारको निर्यण अनुसार जनशक्ति ब्यबस्थापन अगाडि नबढेकोले सरकारले प्रदेशमा भएका महत्वपूर्ण निर्यणहरू संग्रहालयमा राख्ने भनेतापनि अहिले उक्त कार्यक्रम कार्यन्वयमा आउन नसकेकोे प्रदेश संग्रहालय तथा अभिलेखालयका निमित्त प्रमुख अर्जुन बहादुर शाहीले बताउनु भयो ।

२०५७ साउन २ गतेबाट सञ्चालनमा आएको संग्रहालयले भने स्थापनाकालदेखि नै प्रर्दशनयोग्य पर्यटकीय आकर्षणका वस्तु र जनशक्तिको अभाव झेल्दै आएको छ । २०७५ असोज ५ गतेबाट प्रादेशिक संग्रहालय तथा अभिलेखालय कर्णाली प्रदेश मातहत ल्याइएपछि थप व्यवस्थित र विस्तार गर्ने निर्णय भएपनि कार्यन्वयनको पाटो भने सुस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close