मन्त्री बुढाक्षेत्रीद्धारा प्रदेश रंगशालाको निरिक्षण

सुर्खेत,२७ माघ । कर्णाली प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश रंगशालाको निरिक्षण गर्नु भएको छ । आइतबार सामाजिक विकास मन्त्रीमा नियुक्त भएका बुढाक्षेत्रीले प्रदेश रंगशाला तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको हो ।
उहाँले यो आयोजना प्रदेशकै गौरवको आयोजना भएका र समयमा निर्माण कार्य सम्पन्न भए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरु कर्णालीमा आयोजना गर्न सकिने बताउनु भयाे ।

अहिले कर्णाली सरकारले प्रदेश रंगशालालाई ‘प्रदेश गौरवको योजना’का रुपमा समावेश गरेको छ । मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको निर्माणकार्य धमाधम भइरहेको छ । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँको यो योजना २४ महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।
निरिक्षण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्री, कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वमित्र सञ्जेल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close