कांग्रेसको सरकार बनेपछि महामन्त्री खड्काले किशुनजीलाई यसरी स्मरण गरे

नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले मुलुकलाई निकास दिन किशुनजीले देखाएको मार्गलाई अनुशरण गर्नुपर्ने बताएका छन् ।

उनले सत्ता र शक्तिको कहिल्यै उन्माद नदेखाएका किशुनजीको संस्कार अहिले झन् अनिवार्य भएको बताए ।

ललितपुरको गोदावरी नगरपालिकाको बाडेगाउँमा रहेको स्व.कृष्णप्रसाद भट्टराईको आश्रममा रहेको किशुनजीको शालिकमा मंगलबार माल्यार्णपन गर्दै खड्काले मुलुकलाई कांग्रेसले मात्रै निकास दिन सक्ने बताए ।

कांग्रेसको नेतृत्वमा सरकार बनेलगत्तै महामन्त्री खड्का किशुनजीको आश्रममा पुगेर शालिकमा माल्यार्णपन गरेका छन् ।

‘संविधान र लोकतन्त्रको रक्षा गर्न अकल्पनीय सफलता स्वर्गबाट प्राप्त पूजनीय युगपुरुष किशुनजीको आशीर्वादले कांग्रेसलाई यो सफलता भएको छ’, महामन्त्री खड्काले भनेका छन् ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाका अनुसार महामन्त्री खड्काले पार्टीको १४औँ महाधिवेशनमा किशुनजीको सादगीपूर्ण राजनीति र मार्गदर्शनलाई अनुशरण गर्न सकियो भने देश र जनताको उन्नति हुने बताएका छन् ।

‘संविधान र लोकतन्त्रको रक्षा गर्न अकल्पनीय सफलता स्वर्गबाट प्राप्त पूजनीय युगपुरुष किशुनजीको आशीर्वादले कांग्रेसलाई सफलता भएको छ’, महामन्त्री खड्काले भनेका छन् ।

खड्काले कांग्रेसको काँधमा फेरि जिम्मेवारी आइपुगेको भन्दै सबै राजनीतिक दलहरूलाई मिलाएर जानुपर्ने चुनौती रहेको बताएका छन् ।

जनताले दिएको झण्डै दुईतिहाइ बहुमतको सरकार साढे तीन वर्षमै ढलेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।

देउवाले सरकारको नेतृत्व सम्हालेका बेला महामन्त्री खड्काले कांग्रेसले मुलुकलाई राजनीतिक नेतृत्व दिएर अगाडि बढ्ने बताएका हुन् ।

बाडेगाउँमा रहेको किशुनजीको आश्रममा कांग्रेसका नेताहरू निकै कम जान्छन् । महामन्त्री खड्का र युवा नेता खतिवडा बाडेगाउँमा बेलाबेला जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close