अब दर्ता नभएका मोबाइलमा चल्दैन सिम

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० सोमबारबाट पूर्ण रूपमा लागू गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गते  देखि दर्तावाल मोबाइल मात्रै चल्ने व्यवस्था लागू गरेको हो।

आधिकारिक बिक्रेताले विदेशबाट भित्र्याउने मोबाइल स्वतस् एमडीएमएसमा दर्ता हुन्छन् भने वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाले ल्याएका मोबाइल अब दर्ता गर्नुपर्ने भएको हो।

प्राधिकरणाले हालसम्म नेपालमा सञ्चालित सबै मोबाइल स्वतस् दर्ता भएको जनाएको छ। तर अब भित्रिने मोबाइल दर्ता गरिएन भने त्यसमा नेपालका कुनै सिम चल्दैन।

यसअघि ५–६ वर्षको तयारीपछि पनि एमडीएमएस लागू हुन सकिरहेको थिएन। प्राधिकरणले गत भदौबाटै यो लागू गर्ने बताए पनि दर्ता हुने प्रणाली लागू नहुँदा सरकार, सुरक्षा निकाय, उपभोक्ता र अधिकांश मोबाइल व्यवसायी नै मारमा परिरहेका थिए।

केही व्यवसायीले अवैध रुपमा मोबाइल भित्र्याउँदा बजारमा स्वच्छ प्रतिस्पर्धा हुने नसकेको व्यवसायीले गुनासो गरिरहेका थिए।

भदौमा लागू हुन नसकेको एमडीएमएस पुस १५ गतेदेखि लागू गरियो। वैदेशिक रोजगारी र यात्राबाट फर्कनेलाई एउटाभन्दा बढी मोबाइल ल्याउन नपाउने भएपछि विरोध हुँदा प्रधानमन्त्रीको मौखिक निर्देशनमा यसको कार्यान्वयन रोकिएको थियो।

सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकालाई दुईवटासम्म मोबाइल ल्याउन पाउने र यात्रा, भम्रण अध्ययन गर्ने जानेले साथमा एउटाभन्दा बढी मोबाइल ल्याउन नपाउने गरी कानुनी व्यवस्था गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो मोबाइल दर्ता भएरनभएको बेवसाइटबाट हेर्न सक्ने जानकारी दिएको छ। विदेशबाट मोबाइल ल्याउने नेपाली आफैँले निस्शुल्क एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने छ। दर्ता गर्दा पासपोर्ट वा जहाज चढ्दाको बोडिङ अपलोड गर्नुपर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close