Murti

ओली-प्रचण्ड मिलाउन विष्णु पौडेल र शंकर पोखरेलको दौडधुप

आन्तरिक विवाद बढ्दै जाँदा सत्तारूढ दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच गत मंगलबारदेखि संवाद हुन सकेको छैन। उनीहरूबीच संवाद गराउन यतिबेला पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको दौडधुप जारी छ। गत बुधबार साँझ हुने भनिएको दुई अध्यक्षबीचको छलफल अचानक रोकिएपछि शनिबार दाहाल निवास पुगेर पौडेले र पोखरेलले संवाद सुरु गर्न र सहमतिबाटै अघि बढ्न आग्रह गरेका थिए।

गत बुधबार दिउँसो दाहाललगायतका चार शीर्ष नेताले पार्टीभित्रको आन्तरिक विवादबारे सञ्चारकर्मीलाई जानकारी गराएपछि दुई अध्यक्षबीचको संवाद रोकिएको थियो। ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने अडानमा रहेको दाहाल समूहले सञ्चारकर्मीसँग आफूहरू पदका लागि नलडेको, प्रवृत्तिगत सुधारमा लागेको, विधि र पद्धतिमा पार्टी सञ्चालन गर्नुपर्ने अडानमा रहेको बताएका थिए।

दुई अध्यक्षबीच तय भएको छलफल रोकिएपछि बिहीबार बिहान दाहालले संसदीय दलको उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्बाङलाई बोलाएर छलफल गरेका थिए। नेम्बाङसँगको भेटघाटमा खासै प्रगति नभएपछि शनिबार दिउँसो महासचिव पौडेल र स्थायी कमिटी सदस्य पोखरेल दाहाल निवास पुगेका थिए। दुई घण्टाभन्दा बढी समय उनीहरूबीच कुराकानी भएको थियो। ‘विभाजित मानसिकताले पु¥याउने असर, त्यसको प्रभाव, मुलुकले बेहोर्ने नोक्सानी, पार्टीलाई पुग्ने क्षतिबारे मिहीन ढंगले छलफल भयो। दुवै अध्यक्षका कुराकानी भए। दुवै जनामा पार्टी विभाजन गर्नु हुँदैन भन्ने छ। विवाद सल्टाउने उपाय खोजी भइरहेको छ’, दाहालसँगको भेटपछि एक नेताले भने। दाहालसँग भेट गर्नुअघि उनीहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।

दुवै अध्यक्ष पार्टी विभाजन गर्नुहुन्न भन्नेमा सहमत भए पनिक विवाद के गरी टुंग्याउने भन्नेमा अलमलमै रहेको भेटघाटमा सहभागी एक नेताले बताए। नागरिक दैनिकमा खबर छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close