बङ्गलादेशमा २४ घण्टाभित्र २४ सङ्क्रमितको मृत्यु

बङ्गलादेशमा गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । सोही समयमा सङ्क्रमण पुष्टि भएका बिरामीको सङ्ख्या २ हजार ४ सय ८७ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म २ लाख ५७ हजार ६ सय व्यक्ति सङ्क्रमित भएका छन् ।

मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा भने, “विगत २४ घण्टामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ हजार ४ सय ८७ रहेको छ भने त्यस अवधिमा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । बङ्गलादेशमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २ लाख ५७ हजार ६ सय रहेको र ३ हजार ३ सय ९९ सङ्क्रमितको मृत्यु भएको छ ।”

गत २४ घण्टामा १० हजार ७ सय ५९ सङ्कलित नमुनाको कोरोना सङ्क्रमण परीक्षण गरिएको बताइएको छ ।

सुल्तानाका अनुसार गत २४ घण्टामा थप १ हजार ७ सय ६६ जनाको निको भई घर फर्किएका छन् भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या १ लाख ४८ हजार ३ सय ७० पुगेको छ ।

उनका अनुसार बङ्गलादेशमा १.३२ प्रतिशत कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सङ्ख्या ५७.६० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close