एक सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार

कालिकोटमा एक सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ । तिलागुफा नगरपालिका–७ की ३४ वर्षीय दन्दा विष्ट रावतलाई अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तस्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोट डा रत्नवीर सुनारले जानकारी दिए ।
बिस्टलाई तत्काल अप्रेसनपछि बच्चालाई आइसियुमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close