सिटिजन्स बैंकले तीन दिनमै कर्जा दिने

सिटिजन्स बैंकले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकको नयाँ योजना अनुसार तीन दिनमै कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ब्याज घटाएर घर र साना तथा मझौला उद्यम कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले साढे ९ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले सो ऋण घरजग्गा खरिद गर्न तथा घर निर्माण गर्न उपलब्ध गराउनेछ ।

बैंकले यस्तो ऋण २५ वर्षसम्मका लागि दिने जनाएको छ । त्यस्तै, बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) योजनाको पनि सुरुवात गरेको छ । यस्तो कर्जा १०.९९ प्रतिशत ब्याजमा उपलब्ध छ । यस्तो कर्जा बैंकका १०९ वटै शाखाबाट प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close